Logo

खाली सिलिण्डरको मूल्य आजदेखि लागू



Spread the love

२९ असोज, काठमाडाैँ । नेपालमा खाली सिलिण्डरको मूल्य तोकिएको छ । नेपाल एलपी ग्यास उद्योग सङ्घले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने फलामे खाली सिलिण्डरको मूल्य तोकेको हो ।

बिहीबारबाट लागू हुनेगरी संघले रु दुई हजार एक सय रूपैँया तोकिएको छ । दुर्गमका क्षेत्र बाहेकका जिल्लामा ग्यास सिलिण्डरको मूल्यमा एकरुपता ल्याउन यो मूल्य तोकिएको हो ।

यसअघि संघले वाग्मती प्रदेशभित्र सञ्चालनमा रहेका २९ उद्योगका सिलिण्डरको मूल्य तोकेको थियो । बिहीबारदेखि भने दुर्गम क्षेत्र बाहेकका जिल्लाका लागि खाली सिलिण्डरको मूल्य २१ सय तोकिएको छ ।

उद्योगले खरिद गरेको मूल्यभन्दा कम मूल्यमा बिक्री गरिए तापनि ग्यासका डिलर अनुसार मूल्य फरक÷फरक रहेपछि मूल्य तोकिएको हो।

नयाँ सिलिन्डरको उपभोक्ता धरौटी रसिद नभएका सिलिण्डरको दायित्व ग्यास उद्योगले नलिने सङ्घले जनाएको छ ।

यसभन्दा अघि खाली सिलिण्डरको मूल्य २५ सय सम्म पनि लिने गरेको पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्