Logo

दशैँमा घर जाने सैनिकलाई सेना कै जहाज र बसमा घरसम्म पुर्याइने



Spread the love

३० असोज, काठमाडाैँ । कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेका बेला दशैँमा घर जाने नेपाली सेनालाई घरसम्मै पुर्याइने भएको छ । उनीहरूलाई नेपाली सेनाकै सवारी मार्फत घरसम्म पुर्याइने सैनिक मुख्यालयले जानकारी दिएको छ ।

सार्वजनिक यातायातमा यात्रा गर्दा कोरोना संक्रमणको जोखिम उच्च रहने भन्दै यो वर्ष सैनिकहरूलाई सैनिककै साधनमार्फत घरसम्म पुर्याइने बताइएको छ ।

सेनाको सवारी साधनको व्यवस्था र रुटको बारेमा सेनाको मुभमेन्ट कन्ट्रोल महाशाखाले यसबारे तयारी गरिरहेको छ ।

सैनिकहरूलाई गाडी जाने स्थानसम्म गाडीमा र यदी गाडी जान नसक्ने स्थान भएमा जहाज तथा हेलिकोप्टरबाट पुर्‍याउने तयारी सेनाले थालेको छ ।

सेनाहरू बिदा सकेर फर्किएपछि भने अनिवार्य क्वारेन्टिन बसेर कोरोना परीक्षण गरिसकेपछि मात्रै सेवा सुरू गर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्