Logo

कोरोनाको खतरनाक प्रभाव : सुन्ने क्षमता सँधैका लागि नष्ट हुन सक्ने



Spread the love

३० असोज, एजेन्सी । विश्वमा महामारीको रूपमा रहेको कोरोना भाइरससम्बन्धि दिनदिनै नयाँ तथ्यहरू फेला पर्दै जान थालेका छन् । कतिपय परीक्षणसँग सम्बन्धित छन् भने कतिपय कोरोनाले पार्नसक्ने दीर्घ प्रभावका बारेमा छन् ।

यसैबीच कोरोना भाइरसको संक्रमण भएपछि मानिसहरूको सुन्न सक्ने क्षमता सँधैका लागि हराउने जोखिम भएको एक अध्ययनले देखाएको छ । यो समाचार बिबिसीमा प्रकाशित छ ।

उक्त समाचार अनुसार बेलायतको युनिभर्सिटी कलेज लण्डनका अनुसन्धानकर्ताले गरेको अध्ययनमा यस्तो निष्कर्ष देखिएको हो । बेलायतमा एक जनाको सुन्ने क्षमता नष्ट भएको उक्त अनुसन्धानमा उल्लेख गरिएको छ ।

यद्यपी कोरोना संक्रमण भएपछि सुन्ने शक्तिमा कसरी असर पर्ने र कसरी हराउने भन्ने पूर्ण रूपमा पत्ता लागिसकेको भने छैन । अनुसन्धानमा संलग्न वैज्ञानिकका अनुसार कोरोना भाइरसले कानको मध्य भागमा सकेत प्रभाव पार्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्