Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो



Spread the love

१ कार्तिक, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेको छ । हिजो ८३३ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज ८८६ जनाको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ६५ हजार भन्दा धेरै संक्रमित थपिदा ८८६ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा ७४ लाख ३० हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये ६५ लाख २१ हजार भन्दा बढी निको भइसकेका छन् भने १ लाख १३ हजार ३२ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत दोश्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्