Logo

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आँकाक्षा पूरा गर्ने सरकारको ध्येय : प्रधानमन्त्री ओलि



Spread the love

१ कार्तिक, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको अवसरमा शनिवार शुभकामना सन्देश दिँदै उनले गरिबी अन्त्य र समृद्धि स्थापना गर्दै देशमा आधुनिक कृषि, औद्योगिक विकास, रोजगारी सिर्जना, सामाजिक सुरक्षा र अवसरको न्यायोचित वितरण गर्ने बताएका हुन् ।

सन्देशमा प्रधानमन्त्री ओलीले गरिबी निवारण गरी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आँकाक्षा पूरा गर्न सरकार सक्रिय रहेको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्