Logo

नेकपा कै मेयर र उपमेयर बिच किन भयो हात हालाहाल ? (हेर्नुहोस् भिडिओ)



Spread the love

१ कार्तिक, काठमाडाैँ । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ७ मा विवाद भएको छ । भवन उद्घाटनमा उक्त नगरपालिकाकी उपमेयर प्रेम कुमारी थापाको नाम शिलालेखमा नदेखिएपछि विवाद उत्पन्न भएको हो ।

थापाले अाफ्नो नाम नदेखेपछि शिलालेखमा ढुंगा प्रहार समेत गरेकी छिन् । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सामाजिक सञ्जालमा देखिएको उक्त भिडियोमा उपमेयर थापाले शिलालेखप्रति असन्तुष्टि जनाउँदै ढुंगा बजारेकी छिन् । उनलाई नगरपालिका मेयर ममता प्रसाद चाैधरीले मर्यादाको ख्याल गर्न भन्दै रोक्न खोज्छन् । तर, थापा भने उफ्रीउफ्री ढुंगा बजार्छिन् ।

यस विषयमा थप जानकारी लिने हेतुले सो नगरपालिकाका मेयर तथा उपमेयरलार्इ फोन गर्दा सम्पर्क हुन सकेन । मेयर चाैधरीको मोबाइल अफ हुँदा उपमेयर थापाको फोन उठ्न सकेन ।

घोडाघोडी नगरपालिका मेयर प्रधानमन्त्री केपी शर्मा ओली गुटका हुन् भने उपमेयर प्रेम कुमारी थापा पूर्व प्रधानमन्त्री माधव नेपाल गुटकी हुन् । विवादका बीच पनि भवन उद्घाटन भने सम्पन्न भएको सुचना अधिकारीले जानकारी दिएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्