Logo

बाटो मै ८ वर्षिया कोरोना संक्रमित बालिकाको मृत्यु



Spread the love

२ कार्तिक, इलाम । इलाममा एक जना कोरोना संक्रमित बालिकाको मृत्यु भएको । इलामकी ८ वर्षिया कोरोना संक्रमित बालिकाको आइतबार बिहान मृत्यु भएको हो ।

इलामको सुर्योदय नगरपालिका– १२ की ८ वर्षीया बालिकामा मृगाैलाको समस्या समेत थियो । उनका २ वटै मृगाैलाले काम गर्न छोडेको बताइएको छ ।

ती बालिकामा ४ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । उपचार गर्दा अवस्था सुधार नदेखिएपछि विराट मेडिकल कलेजले शुक्रबार डिस्चार्ज दिएको थियो ।

ती बालिकालाई थप उपचारका लागि काठमाडाैँ ल्याउने तयारी थियो । तर, उनको परिवारले घर लैँजादै गर्दा बाटोमा नै बालिकाको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्