Logo

१२ दिनका लागि निषेधाज्ञा



Spread the love
मोरङमा साेमबारदेखि कोजाग्रत पूर्णिमासम्म निषेधाज्ञा - २ कार्तिक २०७७,  NepalTimes

२ कार्तिक, माेरङ । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले चाडपर्वलाई लक्षित गर्दै कात्तिक ३ गतेदेखि १५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ।

चाडपर्वमा हुने भिडभाडको कारण कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले कात्तिक १५ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन २०२० बमोजिम सोमबारदेखि लागू हुने गरी कात्तिक १५ गते (कोजाग्रत पूर्णिमा) राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

मोरङमा बढ्दै गएको संक्रमितको अवस्था हेर्दै प्रशासनले चाडपर्वका बेला अवस्था थप गम्भीर हुनसक्ने भन्दै स्थानीयलाई सजग गराएको मोरङका जिल्ला प्रमुख कोषहरि निरौलाले जानकारी दिए।

प्रशासन कार्यालयमा आइतबार सम्पन्न सुरक्षा समितिको बैठकले कात्तिक ३ गतेबाट १५ गतेसम्मका लागि मुख्यत मठमन्दिर, शक्तिपीठ, पण्डाल, मस्जिद, गुम्बा तथा चर्चहरुमा गरिने नित्य पुजा र प्रार्थनाबाहेक सामूहिक रुपमा भेला जम्मा भई गरिने पुजाअर्चना, भजन, किर्तन, कलश यात्रा, बली पुजा एवं मुर्ती विसर्जनलगायतका कार्यहरु गर्न नपाईने मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जारी गरेको निषेधाज्ञा आदेशमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्