![](https://i0.wp.com/www.sallerikhabar.com/wp-content/uploads/2020/07/Coronavirus-in-India-3.jpg?resize=768%2C576&ssl=1)
३ कार्तिक, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घटेको छ । हिजो १०३२ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज ५६५ जनाको ज्यान गएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ५५ हजार भन्दा धेरै संक्रमित थपिदा ५६५ जनाको मृत्यु भएको हो ।
अहिलेसम्म भारतमा ७५ लाख ४७ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये ६६ लाख ५८ हजार भन्दा बढी निको भइसकेका छन् भने १ लाख १४ हजार ६ सय २९ जनाको मृत्यु भइसकेको छ ।
कोरोनाबाट प्रभावित देशमध्ये भारत दोश्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्