Logo

तीन दिन देशभर पिसिआर परीक्षण बन्द हुने



Spread the love

काठमाडाैँ । तीन दिन पिसिआर परीक्षण नहुने भएको छ । दशैँका अवसरमा तीन दिन परीक्षण बन्द हुजे भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आगामी कार्तिक ९, १० र ११ गते पिसिआर परीक्षण नहुने भएको हो । बडादशैंको महानवमी, विजयादशमी र एकादशीका दिन कोरोना पिसिआर परीक्षण नहुने भएको हो ।

उक्त तीन दिन पिसिआर परीक्षण बन्द हुने भएता पनि त्यसपछिका दिनहरूमा परीक्षण निरन्तर हुने मन्त्रालयका प्रवक्ता गाैतमले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्