Logo

संघीय सांसदहरूमा दशैं भत्ता फिर्ता गर्ने हाेडबाजी



Spread the love

३ कार्तिक, काठमाडौं। देशभर कोरोना संक्रमण फैलिएको समयमा संघीय सांसदहरूले भने दशैं भत्ता धमाधम फिर्ता गर्न थालेका छन् । आलोचना भएपछि केही सांसदहरूले व्यक्तिगत रूपमा संघीय संसद सचिवालयलाई पत्र लेखेर नै भत्ता रकम फिर्ता गरे भने केहीले नगद रकम संसद सचिवालयमा पुर्‍याएका छन् ।

कांग्रेस सांसद प्रकाशमान सिंह र गगन थापा,
राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना, कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण, नेकपा सांसद लालबाबु पण्डित , नेकपाका नेता भीम रावलले भत्ता रकम फिर्ता गरेका छन् ।

नेकपा सांसद नारायणकाजी श्रेष्ठ र जनार्दन शर्माले पनि भत्ता दिएकोमा विरोध जनाएका छन् ।

भत्ता फिर्ता गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले सांसदहरुलाई निर्देशन दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्