Logo

आज ३ हजार ७ सय ९० जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

३ कार्तिक, काठमाडौं । देशभरका प्रयोगशालामा १५ हजार ७१४ नमुना परीक्षण गर्दा शनिबार थप ३ हजार ७ सय ९० जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । हिजोको तुलनामा आज कोरोना संक्रमण हुने संख्या ८ सय ४८ ले घटेको छ ।

२४ घण्टा यता ३ हजार ७ सय ९० जना कोरोना संक्रमण देखिएका मध्य 

काठमाडौंका २००८, ललितपुरका २८२, भक्तपुरका ९९, मोरङका २८६ जना, सुनसरीका ११८, मकवानपुरका ९६, बर्दियाका ९२, चितवनका ९०, काभ्रेका ८०, कास्कीका ३९, सप्तरीका ३८, नवलपरासीका ३६, बाराका ३४, प्युठानका ३३, कैलालीका २९, नुवाकोट र दैलेखका २५/२५ जना, सर्लाही र तनहुँका २२/२२ जना, धादिङ र बाँकेका २१/२१ जना, उदयपुरका १८, स्याङ्जका १७, कञ्चनपुरका १३, धनुषा, सिन्धुपाल्चोक र गोरखाका १२ /१२ जना तथा महोत्तरी र कपिलवस्तुका ११/११, नवलपुरका १०, रौतहटका ९, पर्सा र सिराहाका ८/८ जना, रामेछाप, बाग्लुङ, पाल्पा र रुकुम पश्चिमका ७/७ जना, संखुवासभाका ५, इलाम, दोलखा, सिन्धुली, पर्वत, लमजुङ, जाजरकोट र बझाङका ४/४ जना, ओखलढुंगा, पाँचथर, गुल्मी, दाङ, जुम्ला, अछाम र दार्चुलाका ३/३ जना, भोजपुर, रसुवा, बर्दिया र, सल्यानका २/२ जना तथा तेह्रथुम, म्याग्दी, कालीकोट, सुर्खेत, डडेलधुरा, डोटी र बैतडीका १/१ जनामा कोरोना संक्रमण देखिएको छ ।

यससँगै संक्रमितको संख्या १ लाख ३६ हजार ०३६ पुगेको छ । उनीहरुमध्ये ७५७ जनाको मृत्यु भएको छ भने ९४ हजार ५ सय १ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २३३५ जना संक्रमणमुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्