Logo

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको ज्यान गयो



Spread the love

४ कार्तिक, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय ६३ पुगेको छ ।

कोरोना संक्रमणपछि होम आइसोलेसनमा बस्दै आएका भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुन्जे तीनधारेका ८१ वर्षीय पुरुषको आज विहान मृत्यु भएको छ ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा बुटवल–११ की ४४ वर्षीया महिलाको पनि आज ज्यान गएको हो ।

त्यस्तै, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप तीन जनाको ज्यान गएको छ । मृत्यु हुनेमा धरान–३ का ७२ वर्षीय, धरान–१७ का ६८ वर्षीय र इटहरी उपमहानगरका ५६ वर्षीय पुरुष छन् । दाङ देउखुरी घर भएका ४३ बर्षिक पुरुषको होम आइसोलेसनमै बसेको बेला आज विहान घरमै मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्