Logo

नेपालमा थपिए ३०९३ कोरोना संक्रमित, थप ८ जनाको मृत्यु



Spread the love

४ कार्तिक, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा गरिएको १३८६१ पिसिआर परीक्षणमा थप ३०९३ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित संख्या १३९१२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

संक्रमणबाट नेपालमा आज ८ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७६५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्