Logo

काठमाडौं उपत्यकाका थप १७०२ जनामा संक्रमण पुष्टि



Spread the love

४ कार्तिक, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ३०९३ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकामा १७०२ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा १४३१, ललितपुरमा १२३ र भक्तपुरमा १४८ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा नेपालमा कोरोनालाई जितेर २१०८ जना घर फर्किएका छन् । योसंगै कोरोनामुक्त हुनेको संख्या ९६६०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्