Logo

सरकारले पैसा तिरेर उपचार गर्न सक्ने अवसर दिएको छ : स्वास्थ्यमन्त्री ढकाल



Spread the love

४ कार्तिक, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाको उपचार आँफै गर्नसक्नेका लागि सरकारले अवसर दिएको बताएका छन् ।

मंगलबार भिडियो सन्देश जारी गर्दै ढकालले यस्तो बताएका हुन् । हुने उक्त भिडियोमा जनताको चाहना र माग अनुसार नै कोरोना संक्रमितको उपचारमा शुल्क लिने निर्णय भएको दाबी समेत गरेका छन् ।

सरकारले हालै मात्र आर्थिक रुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेहरुमा लक्षण देखिए मात्रै परीक्षण र उपचार गर्ने र यदि कोरोना बिमा गरेको भए त्यसबाट कट्टा गर्ने निर्णय गरेको छ । यी बाहेक अरूले कोरोनाको उपचार गराएको शुल्क तिर्नुपर्नेछ ।

सरकारले गरेको निर्णयको विरोध भएपछि ढकालले भिडियो सन्देश जारी गर्दै नागरिकको संवैधानिक हक र अदालतको फैसलाप्रति सरकार संवेदनशील रहेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्