Logo

बुटबलको कोरोना अस्पतालमा थप दुई जनाको मृत्यु



Spread the love

५ कार्तिक, काठमाडौं। बुटबलको कोरोना विशेष अस्पतालमा थप दुई जना कोरोना संक्रमित पुरुषको ज्यान गएको छ । बुटबल उपमहानगरपालिका–१७ मोतीपुरका ८१ वर्षका पुरुष र बुटबल–११ का ४७ वर्षका अर्काे पुरुषको बुधबार विहानै मृत्यु भएको हो ।

मोतीपुरुका ८१ वर्षका पुरुषको आज बिहान ५ बजे मृत्यु भएको छ । उनी सुगर र प्रेसरका बिरामी रहेको थिए ।

त्यस्तै, बुटबल–११ का ४७ वर्षीय पुरुषको आज बिहानै भेन्टीलेटरमा राखि उपचार गर्दागर्दे मृत्यु भएको अस्पतालले जनाएको छ । उनी पनि प्रेसर रोगका बिरामी थिए ।

प्रतिक्रिया दिनुहोस्