Logo

विप्लवले घोषणा गर्यो सरकारविरुद्ध संघर्षका कार्यक्रम



Spread the love

५ कार्तिक, काठमाडौं। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

बुधबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै विप्लवले
सरकारविरुद्ध यही कात्तिक १५ गतेदेखि २० गतेसम्म सञ्चालन गर्नेगरी संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

विप्लवले आम नागरिकलाई निःशुल्क स्वास्थ्य जाँच र उपचारको व्यवस्था गरिनुपर्ने, कोरोना महामारीको नाममा भ्रष्टाचार बन्द गरिनुपर्ने माग अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस्