Logo

काठमाडौं उपत्यकाका थप ३१०७ जनामा संक्रमण पुष्टि



Spread the love

५ कार्तिक, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ५७४३ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकामा ३१०७ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा २३९१, ललितपुरमा ५४३ र भक्तपुरमा १७३ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा नेपालमा कोरोनालाई जितेर २९९६ जना घर फर्किएका छन् । योसंगै कोरोनामुक्त हुनेको संख्या ९९६०५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्