Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
१,४०५,५७२
संक्रमित
५९,७२१,५६५
निको भएका
४१,३१४,८६९
नेपालमा कोरोना भाइरस
मृत्यु
१,४३५
संक्रमित
२२९,३४३
निको भएका
२०९,४३५

आज ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



 

५ कार्तिक, काठमाडौं । देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा शनिबार थप ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । हिजोको तुलनामा आज कोरोना संक्रमण हुने संख्या १ हजुर ९ सय ५३ ले घटेको छ ।

२४ घण्टा यता ५ हजार ७ सय ४३ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंका २३९१ जना, ललितपुरका ५४३ र भक्तपुरका १७३,मोरङका ३६५ जना, रुपन्देहीका २४१, कास्कीका १७५, सुनसरीका १६०, चितवनका १४७, झापाका १२०, सुर्खेतका ११८, बाँकेका १०९, दाङका १०८, धादिङका ९८, मकवानपुरका ८५, सिन्धुपाल्चोकका ५६, दार्चुलाका ५३, काभ्रेका ५०, डोटीका ४३, नवलपुरका ४०, कैलालीका ३७, कपिलवस्तुका ३४, तनहुँ र पर्वतका ३२/३२ जना, धनुषाका ३०, गोरखा, बाग्लुङ र सल्यानका २९/२९ जना, दैलेखका २६ र बझाङका २५, सिराहाका २२ जना, बर्दियाका २१, नुवाकोट, नवलपरासी र पाल्पाका २०/२० जना, दोलखाका १८, सप्तरी र प्युठानका १७/१७ जना, कालीकोटका १६, इलाम, बारा, रौतहट र स्याङ्जाका १४/१४ जना, पर्साका १३, कञ्चनपुरका १२, सर्लाहीका ११, जुम्लाका १०, गुल्मीका ९, उदयपुर, महोत्तरी, रामेछाप, लमजुङ र अर्घाखाँचीका ६/६ जना, सिन्धुलीका ५, ओखलढुंगा, संखुवासभा, रुकुम पूर्व, जाजरकोट, अछाम र डडेलधुराका ४/४ जना, पाँचथर र हुम्लाका ३/३ जना, भोजपुर, रसुवा, म्याग्दी, रोल्पा र बैतडीका २/२ तथा खोटाङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ, जसमध्ये ७९१ जनाको मृत्यु भएको छ भने ९९ हजार ६०५ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २९९६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्