Logo

नेपालमा थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु



Spread the love

६ कार्तिक, काठमाडौं। कोरोना संक्रमणबाट नेपालमा थप ३ जनाको ज्यान गएको छ ।

चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक जना गर्भवतीको मृत्यु भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका घर भई हाल मकवानपुरको हेटौंडा–५ बस्ने ३३ वर्षीया महिलाको बिहिबार उपचारको क्रममा मृत्युु भएको हो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ८१ वर्षीय पुरुष र अर्घाखाँचीको पधेरीका ३८ वर्षीय पुरुषको बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा गएराति मृत्यु भएको हो ।

यस्तै, कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका तिलोत्तमाका पुरुषको राति १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

असोज २२ गते कोरोना पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका अर्घाखाँचीका पुरुषको बुधबार राति साढे ९ बजे मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्