Logo

सरकारको निर्णय विपरित पाँचवटै प्रदेशले निशूल्क कोरोना संक्रमितको उपचार गर्ने



Spread the love

६ कार्तिक, काठमाडौं। कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने पाँचवटै प्रदेश सरकारहरुले निर्णय गरेको छ। पछिल्लो पटक बागमती प्रदेशले आफ्नो प्रदेशका कोरोना संक्रमितको उपचार निशूल्क गर्ने निर्णय गरेको हो ।

बागमती प्रदेशले संक्रमितको उपचार निशूल्क गर्ने बताए पनि केन्द्र सरकार मातहतमा रहेका कोरोना संक्रमितको उपचार हुने पाटन, वीर, सिभिल, त्रिवि शिक्षण अस्पताल, टेकू अस्पतालमा भने संक्रमितले आफ्नो उपचार खर्च आफै बेहोर्नु पर्ने भएको छ ।

यसअघि प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशले आफ्नो प्रदेशका संक्रमितको उपचार निशूल्क गर्ने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्