Logo

नेपालमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु



Spread the love

७ कार्तिक, काठमाडौं। नेपालमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । योसँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ सय १६ पुगेको छ ।

नोबेल मेडिकल कलेज बिराटनगरमै उपचारको क्रममा मोरङको बेलबारी नगरपालिका–११ का ४२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट सुनसरीको धरान उपमहानगरपालिका–आठका ५४ वर्षीया महिलाको विराटनगरस्थित नोबल अस्पतालमा र ६० वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको हो ।

त्यस्तै, चितवनको भरतपुर अस्पताल पुगेलगत्तै भरतपुर महानगरपालिका–७ का ५७ वर्षीय पुरुषको ज्यान गएको छ ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा दाङको लमहीका एक ५५ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्