Logo

नवराज सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरीलाई पत्र काटियो



Spread the love

पूर्वडिआईजी सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरीलाई पत्र काटियो

काठमाडौं, पौष १८ – सल्लेरी खबर । कार्यसम्पादन मूल्यांकन किर्ते गरेको आरोपमा मुद्दा खेपिरहेका पूर्वडिआईजी सिलवाललाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरले मंगलबार प्रहरी परिसर ललितपुरलाई पत्र काटेको स्रोतले जनाएको छ । काठमाडौं प्रहरी परिसरले पूर्वडिआईजी एवं एमालेका सांसद् नवराज सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरीलाई पत्र काटेको हो । आईजीपी हुन रोकिएपछि राजीनामा दिएर राजनीतिमा लागेका पूर्वडीआईजी सिलवाल गत म‌ंसिर २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा ललितपुर–१ बाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्