Logo

भोट दिनेलाई निः शुल्क कोरोनाको भ्याक्सिन !



Spread the love

८ कार्तिक, भारत । भारतको बिहारमा कोरोना भाइरसको भ्याक्सिन निःशुल्क वितरण गर्ने बताएका छन् ।

कोरोना महामारीका बीच हुन लागेको चुनावमा मतदातासँग भाजपाका नेताहरूले कोरोना भाइरसको भ्याक्सिन निःशुल्क वितरण गर्ने बाचा गरेका हुन् ।

भारतीय जनता पार्टीको चुनावी संकल्पपत्रमा बिहारवासीहरुका लागि कोरोना भ्याक्सिन निःशुल्क उपलब्ध हुने उल्लेख गरिएको छ ।

केन्द्रीय अर्थमन्त्री निर्मला सीतारमणले पटनामा संकल्पपत्र जारी गर्दै यस्तो घोषणा गरेकी हुन् । यससँगै भाजपामाथि कोरोना महामारीको राजनीतिकरण गरेको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्