Logo

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो



Spread the love

९ कार्तिक, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता ७ सय ७६ जनाको मृत्यु भएको छ भने हिजो २४ तारिखमा ९ सय ३ जनाको मुत्यु भएको थियो । हिजोको तुलनमा आज मृत्यु हुनेको संख्या घटेको छ । अमेरिका विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हुने देश हो । ७७ हजार नयाँ संक्रमित थपिएका छन् ।

२१५ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमेरिकामा मात्र २ लाख ३० हजार ६० जनाको मृत्यु भएको छ भने ८८ लाख २६ हजार भन्दा बढी संक्रमित भएका छन् । ५७ लाख ३८ हजार भन्दा बढी उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्