Logo

कोरोनालाई लिएर विश्व स्वास्थ्य संगठनले दियो अर्को चेतावनी



Spread the love

एजेन्सी । विश्वव्यापी महामारीको अवस्थामा रहको कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य संगठनले अर्को चेतावनी दिएको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस जाडो समयमा धेरै घातक हुनसक्ने भन्दै सतर्क रहन चेतावनी दिएको हो ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोरोनाले थप जटिल अवस्था सिर्जना गर्नसक्ने भन्दै यसको रोकथामका लागि ठोस कार्यक्रमहरू ल्याउन सबै देशहरूलाई आग्रह पनि गरेका छन् ।

विश्वमा कोरोना भाइरस देखिएको करिब १० महिना हुँदासम्म ४ करोड २९ लाखभन्दा धेरै संक्रमित हुँदा ११ लाख ५४ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्