Logo

डेटिङमा जम्बो टोली आएपछि युवक फरार



Spread the love

९ कार्तिक, एजेन्सी । चीनमा एक जना युवकको पहिलो डेटिङ महंगो साबित भएको छ । इन्टरनेटमा चिनेकी युवतिलाई डेटिङमा बोलाउँदा अन्ततः युवक भाग्न बाध्य भएका छन् ।

युवकले प्रेमीकासँग भेट्नका लागि रेष्टुरेन्ट रोजे । युवती भन्दा पहिला युवक रेष्टुरेन्टमा पुगेका थिए । तर, जब उनकी प्रेमिका रेष्टुरेन्ट इन्ट्री गरिन् त्यसपछि ती युवकको होस हवास उड्यो ।

ती युवतीले छिमेकी सहित साथिहरूको जम्बो टोली लिएर डेटिङमा गएकी थिइन् । रेष्टुरेन्टमा जम्मा २४ जनाले खाजा खाएको बिल तिर्न नसकेपछि युवक भागे । त्यसपछि युवती र उनको टोलीले तिरेर गए ।

उनीहरूले खाएको खानाको बीलका लागि रेष्टुरेन्ट मालिकले प्रहरीको सहायता लिनु पर्यो । युवती र युवक मिलेर बील तिरेपछि युवकहरू त्यहाँबाट छुट्टिए ।

प्रतिक्रिया दिनुहोस्