Logo

एकै प्रदेशमा थपिए २५२ जना कोरोना संक्रमित र चार जनाको मुत्यु



Spread the love

१० कार्तिक बुटल । सोमबार गण्डकी प्रदेशमा थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार ७११ पुगेको छ ।

पछिल्लो विवरण अनुसार थप थप ४ जनाले ज्यान गुमाएसँगै गण्डकी प्रदेशमा  कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ पुगेको स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा विनोदविन्दु शर्माले बताए।

 अनुसार यो प्रदेशमा कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप चार जनाको मृत्यु भएको छ।

कोरोना सङ्क्रमणबाट नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) कावासोतीका ७७ वर्षीय पुरुषको मध्यबिन्दु अस्पताल नवलपरासीमा र सोही जिल्लाको गैंडाकोटका ७३ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आइतबार निधन भएको छ।

पोखरा महानगरपालिका–१५ का ७८ वर्षीय कोरोना संक्रमित महिलाको गए राति ११ बजे चरक मेमोरियल अस्पताल, पोखरामा उपचारका क्रममा निधन भएको छ ।

पोखरा–५ का ५५ वर्षीय पुरुषको आइतबार राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको छ।

योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्