Logo

आज ५ सय ७० जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

११ कार्तिक, काठमाडौं । देशभरका प्रयोगशालामा २ हजार ७ सय २५ जनाको पीसीआर परीक्षण गर्दा सोमबार थप ५ सय ७० जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । हिजोको तुलनामा आज कोरोना संक्रमण हुने संख्या १ हजार १ सय ७१ ले घटेको छ ।

२४ घण्टा यता ५ सय ७० जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंका २२५ जना, ललितपुरका २३ र भक्तपुरका ४, रुपन्देहीका ७९, नवलपुर र दाङका ५५/५५ जना, सुनसरीका २८, बाँकेका १४, धनुषा र काभ्रेका ११/११, नवलपरासीका ७, म्याग्दी र बाग्लुङका ५/५ जना, मोरङ र कपिलवस्तुका ४/४ जना, धादिङ र गुल्मीका ३/३ जना तथा रौतहट, रामेछाप, सिन्धुपाल्चोक, स्याङ्जा, अर्घाखाँची र बर्दियाका २/२, उदयपुर, पाँचथर, भोजपुर, बारा, सिराहा, चितवन, दोलखा, नुवाकोट, गोरखा र प्युठानका १/१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ भने हालसम्म नेपालमा ८७६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३१६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख १८ हजार ८४३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्