Logo

गाडेको शवलाई निकालेर नयाँ लुगा लगाइदिने अनाैठो परम्परा



Spread the love

१२ कार्तिक, एजेन्सी । विश्वमा धेरै आश्चर्यहरू अझै विद्यमान छन् । कतिपय सांस्कृतिक आश्चर्यहरू छन् भने कतिपय भाैतिक संरचनाहरू नै पनि आश्चर्यको रूपमा रहेका छन् ।

त्यस्तै सांस्कृतिक आश्चर्य एसियाली मुलुक इन्डोनेसियामा पनि छ । इन्डोनेसियाका जनजातीहरूमा एक प्रकारको सांस्कृतिक मान्यता छ, जुन अरू मानिसहरूका लागि अचम्म हुन सक्छ ।

इन्डोनेसियाका सुलावेसी द्वीपको टोराजन जातीको नेने फेस्टिभल मनाउँछन् । उक्त फेस्टिभलमा त्यो क्षेत्रका मानिसहरू आफ्ना मृत्यु भएका पूर्खाहरूको शव गाडेको ठाउँबाट निकाल्ने गर्छन् । त्यसरी निकालिएका शवहरूलाई सफा गरिन्छ र नयाँ कपडा लगाएर पुनः गाडिन्छ ।

इन्डोनेसियाका ती जनजातीहरूमा मृत्युपछि उनीहरूका पूर्खा अर्को यात्राका लागि निस्किनुपर्ने भन्ने मान्यताका कारण मृत्यु भएकाको शवलाई सफा गर्ने गरेका हुन् ।

इन्डोनेसियामा यस्तो परम्परा १ सय वर्षदेखि विद्यमान भएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्