Logo

साईकल बेच्दाबेच्दै सांसद



Spread the love

गत वैशाखमा मध्यविन्दु नगरपालिका ७ मा वडा सदस्य निर्वाचित लक्ष्मी सुनारले सांसद् नै हुँला भनेर कल्पनासम्म गरेकी थिईनन् ।

वडामा जित्दा दंग परेकी थिईन् । अलिहे प्रदेश सांसद हुँदा खुसीको सीमा नै छैन । ‘पार्टीमा काम गर्दै गएपछि एक दिन अवश्य मुल्यांकन हुँदोरहेछ’, उनले भनिन् । सदस्यमा निर्वाचित भएपछि उनले काम गर्ने तौरतारिका सिकिरहेकी थिईन् ।

वडामा सभा सम्मेलनको निम्तो आउँदा उपस्थित हुन्थिन् ।

यही मेसोमा प्रतिनिधि तथा प्रदेशसभा चुनाव आयो ।

एमालेले समानुपातिकमा दलित महिला उम्मेदवार खोज्न थाल्यो ।

सल्लाहमै उनले वडा सदस्यबाट राजीनामा दिईनन् उम्मेदवार बनिन् ।

एमाले जिल्ला संगठन कमिटी सदस्यसमेत रहेकी लक्ष्मीको साईकल पसल छ भन्ने खबर आजको कान्तिपुरमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्