Logo

भारतले पनि तोक्यो कोरोना भाइरसको भ्याक्सिन आउने सम्भावित मिति



Spread the love

१४ कार्तिक, काठमाडाैँ । विश्वमा कोरोना भाइरसको विश्वव्यापी महामारी जारी छ । दिनदिनै कोरोना संक्रमित र यसबाट ज्यान गुमाउनेको संख्या बढिरहँदा यसको नियन्त्रणका लागि भ्याक्सिनको नै आवश्यकता महशुस भइसकेको छ ।

विश्वभरमा दर्जनौँको संख्यामा कोरोना भाइरसको भ्याक्सिन परीक्षण भइरहेका छन् । यद्यपी ठोस परिणाम दिने कुनै भ्याक्सिन तयार भइसकेको छैन ।

कोरोना भाइरसको भ्याक्सिन कहिले बन्छ भन्ने थाहा छैन । तर, कुनै दिन भ्याक्सिन बनेको खण्डमा सबैभन्दा पहिले कोरोना भाइरसको भ्याक्सिन कस्ले पाउँछ भन्ने नै द्विविधाको विषय रहेको छ ।

विभिन्न स्वास्थ्य विज्ञहरूका अनुसार कोरोना भाइरसको भ्याक्सिन जुन देशमा बन्छ सोही देशका नागरीले सबैभन्दा पहिले कोरोना भाइरस विरूद्धको भ्याक्सिनमा पहुँच पाउनेछन् ।

त्यसपछि विश्वका धनी राष्ट्रहरूले कोरोना भाइरसको भ्याक्सिनमा दावा दिने स्वास्थ्य बेत्ताको विश्लेषण छ । किनकी उनीहरूले भ्याक्सिनको सुरूवाती चरण पार गर्नेबित्तिकै करोडौँ डोजमा भ्याक्सिन अर्डर गरिसकेका छन् ।

त्यस्तै देशहरूका आधारमा भन्ने हो भने सम्बन्धित देशहरूका नीति तथा नियमहरू अनुसार कोरोना भाइरसको भ्याक्सिन कसले पाउने भन्ने निर्भारण हुन्छन् । विशेषतः स्वास्थ्य विज्ञका अनुसार डाक्टर, नर्स, सुरक्षा क्षेत्रमा खटिएका व्यक्तिहरूले क्रमशः भ्याक्सिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्