Logo

जनस्वास्थ्यविद् भन्छन्, ‘काठमाडौं विष्फोटक अवस्थामा पुग्यो’



Spread the love

१५ कार्तिक, काठमाडाैँ । जनस्वास्थ्यविद्ले काठमाडाैँ उपत्यका कोरोना भाइरसका कारण विष्फोटको अवस्थामा पुगेको बताएका छन् । जनस्वास्थ्यविद् रविन्द्र पाण्डेले शनिबार फेसबुकमा एउटा स्टाटस राख्दै कोरोना संक्रमणबाट काठमाडाैँ विष्फोटको अवस्था उन्मुख भएको जानकारी दिएका छन् ।

उनले फेसबुकमा तार्किक रूपमा कोरोनाको अवस्थाको विश्लेषण गरेका छन् ।

उनले फेसबुकमा राखेको स्टाटस,

पछिल्लो २४ घन्टाको तथ्यांकले के संकेत गर्छ ?
..
पिसिआर टेस्ट – ९२७९
संक्रमित – २५०६
संक्रमण प्रतिशत – २७ %
मृत्यु १७
उपत्यकामा संक्रमित – १२५७ अर्थात ५०.१ %
सक्रिय संक्रमित – ३८५८४
होम आइसोलेसन – ३१००८
संस्थागत आइसोलेसन वा अस्पतालमा – ७५७६
क्वारेन्टिनमा – २४१०
..
यो तथ्यांकले देखाउंछ –
..

  • परीक्षण निकै कम भयो |
  • संक्रमण प्रतिशत धेरै भयो |
  • काठमाडौं उपत्याका बिष्फोटक अवस्थामा पुग्यो |
  • मृत्युदर बढ्दैछ |
  • क्वारेन्टिनमा असुविधाको कारण त्यहाँ बस्ने एकदम न्यून भए |
  • संस्थागत आइसोलेसन प्रभावकारी भएनन् |
  • यति सानो संख्या होम आइसोलेसन बाहिर हुँदा पनि अस्पतालमा बेड अपुग छ |
  • ९६ जना आइसीयुमा तथा ६९ जना भेन्टिलेटरमा हुँदा कसरी आइसीयु प्याक भए ? जब कि सरकारले २६०० आइसीयु र ९०० भेन्टिलेटर छन् भनेको छ |
    ..
    तथ्यांकले के सल्लाह दिन्छ ?
    ..
  • परीक्षण दर जतिसक्यो धेरै बढाउनुपर्छ |
  • संक्रमितलाई प्रभावकारी ठाउँमा निगरानी गरेर आइसोलेसनमा राख्नुपर्छ |
  • सुविधाजनक आइसोलेसन केन्द्र हरेक वडामा निर्माण गर्नुपर्दछ |
  • काठमाडौं उपत्याकामा जनस्वास्थ्यका मापदण्डको अनुगमन तथा निगरानीमा कडाइ गर्नुपर्छ |
  • अस्पतालमा दैनिक बेड अडिट गर्नुपर्छ | खालि भएर पनि बेड लुकाउने अस्पताललाई कारबाही गर्नुपर्छ |
  • ३ वटा ठूला मेडिकल कलेज, ३ वटा ठूला सरकारी अस्पताल र ३ वटा ठूला प्राइभेट अस्पताललाई कोभिड अस्पतालको रुपमा परिणत गर्नुपर्छ | उपत्यका बाहिर पनि संक्रमितको संख्या अनुसार यस्तै ब्यबस्था गर्नु पर्दछ |
  • सेनालाई साधन / स्रोत र स्थान दिएर प्रिफ्याबका अस्थायी अस्पताल बिभिन्न ठाउँमा निर्माण गर्नुपर्छ |
  • हरेक बेडलाई अक्सिजन बेडको रुपमा बिकास गर्नुपर्छ |
  • हरेक अस्पतालमा अक्सिजन प्लान्ट अनिबार्य गर्नुपर्छ |
  • हामी आम नागरिक थप अनुशाशित र सरकार थप जिम्मेवार हुनुपर्छ |

प्रतिक्रिया दिनुहोस्