Logo

घरभित्रैबाट कोरोना सर्ने जोखिमबाट कसरी बच्ने ?



Spread the love

काठमाडाैँ । सामान्यतया कोरोना भाइरस बाहिरबाट नै सर्ने गर्छ । घरबाहि जाँदा स्वास्थ्य मापदण्ड पूरा गर्न चुकियो भने कोरोना भाइरस संक्रमणको सबैभन्दा निकट अवस्थामा पुगिन्छ ।

स्वास्थ्यविद्हरूले यसको प्रमाण पनि पेश गरिसकेका छन् ।

घर बाहिर जाँदा मास्कको अनिवार्य प्रयोग, २ मिटरको भाैतिक दुरी कायम र स्यानिटाइजरको प्रयोग कोरोना भाइरसको संक्रमणबाट जोगिने प्रारम्भिक मापदण्डहरू हुन् । तर, घरबाहिर न हिड्ने मानिसमा समेत कोरोना भाइरसको संक्रमण देखिइरहेको छ ।

यी केस भनेको घरका कुनै सदस्यमा कोरोना भाइरसको संक्रमण रहेको छ भने उनीहरूबाट अन्य सदस्यमा सरेको हो ।

घरभित्रबाट नै सर्ने कोरोना भाइरसको जोखिबाट कसरी बच्ने त ? स्वास्थ्यविद्हरूले केही टिप्स दिएका छन् । तिनीहरू निम्न छन्,

१. घरका सबै सदस्याले छुट्टाछुट्टै ताैलिया(टावेल) प्रयोग गर्ने,

२. घरको भान्सा लगायत सबैले प्रयोग गर्ने वस्तु सफा गर्दा तातो पानीको प्रयोग गर्ने,

३. ओछ्यानको सरसफाइमा धेरै ध्यान पुर्याउने। सकेसम्म दैनिक रूपमा घाममा सुकाउने,

४. बाहिरबाट घरमा आएपछि अनिवार्य रूपमा कपडा परिवर्तन गर्न र हातगोडा धुन कुनै कसर नछोड्ने,

५. ट्वाइलेट तथा वाथरूममा हर्फिक लगायतका केमिकल प्रयोग गरेर नियमित सफा गर्ने

प्रतिक्रिया दिनुहोस्