Logo

एउटै बाल सुधार गृहका २७ जनामा कोरोना संक्रमण पुष्टि



Spread the love

१६ कार्तिक, डोटी । बाल सुधार गृहका २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार गरिएको परीक्षणमा डोटीको बाल सुधार गृहका २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेहरूमा एक जना सुरक्षाकर्मी र २६ जना कैदीबन्दी बालबालिकाहरु रहेका छन् ।

बिहीबार जम्मा ४० जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । त्यसमध्ये २७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

कोरोना संक्रमण पुष्टि भएकाहरूमा सामान्य रूघाखोकी बाहेक अरू कुनै समस्या नदेखिएको सुधार गृह प्रमुख सानुमाया लिम्वुले जानकारी दिइएकी छन् ।

प्रतिक्रिया दिनुहोस्