Logo

२ जना नगरप्रमुखमा कोरोना संक्रमण



Spread the love

१७ कार्तिक, कैलाली । कैलालीको टीकापुर नगरपालिका र घोडाघोडी नगरपालिकाका नगरप्रमुखलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

टीकापुर नगरपालिका नगरप्रमुख तपेन्द्रबहादुर रावल र घोडाघोडी नगरपालिकाका नगरप्रमुख ममताप्रसाद चौधरीलाई संक्रमण पुष्टि भएको हो ।

उनीहरु दुवै जना होम आइसोलेसनमा छन् । टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलसहित टीकापुरमा सोमवार १७ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्