Logo

कोरोनाविरूद्धकाे भ्याक्सिन समयमै आपूर्ति गर्न सरकारले गर्यो समिति गठन



Spread the love

२५ कार्तिक, काठमाडौं। सरकारले कोरोनाविरूद्धकाे भ्याक्सिन समयमै भित्र्याउन समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ, स्वास्थ्य तथा जनसंख्या र परराष्ट्र सचिव सम्मिलित तीन सदस्यीय समिति गठन गरेको हो ।

बैठकले कोरोना सम्बन्धित भ्याक्सिन समयमै नेपालमा भित्र्याउन सकियाेस् भन्ने हेतुले समिति गठन गरेको जनाइएकाे छ ।

साेमबार मात्रै कोरोना भाइरसविरुद्धको पहिलो प्रभावकारी खोपले ९० प्रतिशतभन्दा बढी सफलतापूर्वक काम गरेकाे खबर बाहिरिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्