Logo

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु



Spread the love

२५ कार्तिक, काठमाडौं। नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको ज्यान गएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या १ हजार १ सय ३५ जना पुगेको छ ।

मेडिकल कलेजमा उपचाररत चितवनको भरतपुर १९ का ७७ वर्षीय वृद्धको मृत्यु भएको छ । यसैगरी रुपन्देहीको भिम अस्पतालमा उपचारका क्रममा सिद्धार्थ नगर नगरपालिका १२ का ७० वर्षीय पुरुष र लुम्बिनी सांस्कृतिक नगरपालिका १० का ४७ वर्षीया महिलाको ज्यान गुमाएका छन् ।

बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका बर्दिया ठाकुरबाबा नगरपालिका २ का २९ वर्षीय पुरुष, बासगढी नगरपालिका–८ का ३५ वर्षीय पुरुष र दाङ घोराही उपमहानगरपालिका १५ का ६४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । झापा हल्दीबारी –४ का ७२ बर्षिय पुरुषको पनि उपचारको क्रममा नोबेल अस्पतालमा मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्