Logo

देशभर थपिए २७३६ कोरोना संक्रमित, थप २२ जनाको मृत्यु



Spread the love

२५ कार्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७६० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

संक्रमणबाट नेपालमा आज २२ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११४८ पुगेको छ।

आज देशभर ८५३ जना संक्रमणमुक्त भएका छन्। नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ६० हजार ५७७ जना पुगेको छ।

प्रतिक्रिया दिनुहोस्