Logo

नेकपा नेता बामदेव गौतमविरुद्धको सुनुवाइ आज हुने



Spread the love

२६ कात्तिक, काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा राष्ट्रियसभा सांसद बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतमा परेको बामदेबको मुद्दाको पेशी आजका लागि तोकिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलाशमा गौतमविरुद्धको मुद्दाको सुनवाइ हुन लागेको सर्वोच्च अदालतले जनाएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गर्ने निर्णय बदर र मन्त्री नबनाउन माग गरेर रिट दर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्