Logo

नेपालमा कोरोना संक्रमित संख्या २ लाख नाघ्यो, थप २६ जनाको मृत्यु



Spread the love

२६ कार्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा गरिएको १००८१ पिसिआर परीक्षण देशभर २५६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २०२३२९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

संक्रमणबाट नेपालमा आज २६ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११७४ पुगेको छ।

आज देशभर १६६६ जना संक्रमणमुक्त भएका छन्। नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ६२ हजार २४३ जना पुगेको छ।

प्रतिक्रिया दिनुहोस्