Logo

ब्ल्याकमेल गरेको भन्दै नर्सले डाक्टरको हत्या गरेर उनको मासु पकाइन्



Spread the love

२६ कार्तिक, एजेन्सी । याैन सम्बन्धका लागि बारम्बार ब्ल्याकमेल गरेको भन्दै एक जना नर्सले डाक्टरको हत्या गरि उनको मासु पकाएकी छन् । ब्ल्याकमेलको बदला लिन उनले गरेको उक्त अपराधपछि चीन सरकारले उनलाई मृत्युदण्डको सजाय समेत सुनाइएको छ ।

चीनको युलिन पिपुलस् हस्पिट नजिकैको एक घरमा उक्त घटना घटेको बताइएको छ । युलिन हस्पिटल चीनको गुआन्क्सि झुवाङ शहरमा रहेको छ ।

ती नर्सले गत मार्च २३ तारिखमा डाक्टरको हत्या गरी उनको मासु पकाएको अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन् ।

चीनमा हत्या गरिएपछि पकाइएका डाक्टरका तस्बीरहरू समेत सार्वजनिक गरिएको छ ।

युलिन हस्पिटलको आकस्मिक कक्षमा काम गर्ने २५ वर्षीय ली फेंगपिङले बदलाको भावनामा उक्त अपराध गरेकी हुन् । ती महिला र सो अस्पतालमा कार्यकारी निर्देशक लुवो युवानजियानसँग याैन सम्बन्ध रहेको समेत खुलासा भएको छ ।

याैन सम्बन्ध राख्नका लागि दबाब र ब्ल्याकमेलबाट आजित भएकी लीले सो हर्कत गरेको चिनियाँ मिडियाहरूले रिपोर्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्