Logo

जबर्जस्ती चन्दा असुल्ने विप्लवका नेता पक्राउ



Spread the love

२६ कार्तिक, काभ्रे । नेत्रविक्रम चन्द नेतृत्वको समूहका जिल्ला नेता मधुसुदन बजगाईंलाई काभ्रेपलाञ्चोक प्रहरीले आज पक्राउ गरेको छ ।

धुलिखेल नगरपालिका–१२ शंखुपाटीचौर एक्लेखेतका बजगाईंलाई निबासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बजगाईलाई जिल्लास्थित व्यापारी–उद्योगीलाई फोनमार्फत धम्की दिई जबरर्जस्ती चन्दा असुल्ने गरेको सूचनाका आधारमा पक्राउ गरिएको हो ।

बजेगाईलाई मुलुकी अपराध, २०७४ को परिच्छेद–५ सार्वजनिक हीत, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्ध कसुरअन्तर्गत दफा ११८ अभद्र व्यवहार गर्न नहुने कसुर शीर्षकमा मुद्धा दर्ता गराई आजै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रनाउ थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्