Logo

नेपालमा थपिए १९१३ कोरोना संक्रमित, थप १५ जनाको मृत्यु



Spread the love

२७ कार्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा गरिएको १००२२ पिसिआर परीक्षण देशभर १९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २०४२४२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

संक्रमणबाट नेपालमा आज १५ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११८९ पुगेको छ।

आज २३४९ जना संक्रमित निको भएका छन्। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित भएर निको हुनेको संख्या १६४५९२ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्