Logo

आज नेपालमा कोरोना संक्रमण हुने भन्दा डिस्चार्ज हुनेको संख्या बढ्यो



Spread the love

२७ कार्तिक, काठमाडौं । नेपालमा बिहिबार थप १ हजार ९ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा २ हजार ३ सय ४९ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

२४ घण्टा यता कोरोना डिस्चार्ज भन्दा संक्रमण हुनेको संख्या ४ सय ३६ ले बढेको छ । एक हप्ता यता कोरोना संक्रमणभन्दा कोरोनामुक्त हुनेको संख्या बढेको थियो भने आज बढेको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार ११८९ जनाको मृत्यु भएको छ भने १ लाख ६४ हजार ५९२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २३४९ जना संक्रमणमुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्