Logo

हाकिम पत्नीहरू खोरमा हुलिए



Spread the love

काठमाडाैँ । प्रहरीको अप्ठेरो कस्तो छ भने, मसाज पार्लरमा छापा हान्यो, हाकिमकै श्रीमती थुनिने ।

कोभिड संक्रमणको कारण सरकारले खोल्नमा बन्देज लगाएका मसाज पार्लरहरू खुलेआम सञ्चालन भइरहेको सूचनाका आधारमा आइतबार प्रहरीले अपरेशन चलायो । त्यसक्रममा ठमेल, क्षेत्रपाटीका १८ वटा मसाज पार्लर खुला थिए । प्रहरीले सबैलाई समातेर हिरासतमा राख्यो । तीमध्ये तीनजना प्रहरी परिवारकै सदस्य परे । एक जना थिइन्, सरिता (नाम परिवर्तन) । केही समय सोह्रखुट्टे र भर्खरै कालिमाटी बृत्तबाट सरुवा भएका पाल थरका इन्स्पेक्टरकी पत्नी हुन् ।

उनलाई छुटाउन बहालवाला एसएसपीदेखि थुप्रै डिएसपीले प्रहरीलाई दबाब दिँदा ठमेलका डिएसपी रनभुलमा छन् । अर्की थिइन्, क्षेत्रपाटी र नरदेवी बीचको गल्लीमा मसाजको बोर्ड राखेर अन्य क्रियाकलाप सञ्चालन गर्ने महिला । उनी आफूलाई भूपूडिएसपीकी पत्नी भन्दै थिइन् । प्रहरीका पत्नीमात्रै भए त केही थिएन ।

एक त सरकारले खोल्न अनुमति नदिएको मसाज पार्लर खुलेको, अर्कोतिर सेवाग्राहीका रुपमा सेना–प्रहरी नै बढी जाने कुराले टाउको खान थालेपछि प्रहरीलाई आपत पर्यो । आइतबार दिउँसो समातिएका उनीहरू सोमबार बिहानै हाजिर जमानीमा छुटेका छन् । लामो लकडाउन, पतिको कमाइले घरखर्च नचल्ने, पढालेखा महिलाले गृहिणी भएर घरमै बसिरहन पनि मन नलाग्ने, श्रम गरेर दुई/चार पैसा कमाउन सकिए केटाकेटीको पढाइ खर्चलाई पनि भरथेग हुने समस्या त यहाँनेर पनि छ किनकि नेपालमा रोजगारीको उपयुक्त अवसर छैन ।

जनआस्थामा यो समाचार प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्