Logo

शाैच गर्न निस्किएकी युवतीको कन्चटमा गोली प्रहार गरी हत्या



Spread the love

२७ कार्तिक, राैतहट । रौतहटमा एक युवतीको गोली हानी हत्या गरिएको छ । जिल्लाको माधवनारायण नगरपालिका– ७ लौकाहा टोलका रामअयोध्या साह तेलीकी १८ वर्षीया छोरी अमृताकुमारी साहलाई बुधबार राति ज्ञात समूहले गोली हानी हत्या गरिएको हो । हत्या गर्नुको कारण र संलग्न समूहको अहिलेसम्म पहिचान नभएको प्रहरीले जानकारी दिएको छ ।

परिवारले प्रहरीलाई जनाएअनुसार अमृताकी आमा घरबाट बाहिर शौच गर्न गएको मौका छोपी करिब ११ बजे हतियारधारी समूह घरमा पसेर कन्चटमा गोली प्रहार गरी भागेको थियो । गोली लागेर ढलेकी अमृताको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी भरत श्रेष्ठले बताए । हत्यामा संलग्नको खोजी भइरहेको छ ।

सर्लाहीको मधुवनगोठका रुपेश साहसित २०७६ फागुनमा अमृताको बिहे भएको थियो । बिहेको केही समयपछि दुवैबीच सम्बन्ध राम्रो थिएन । यहीबीच अमृताका श्रीमान् रुपेशलाई अज्ञात समूहले गत वैशाखमा चक्कु प्रहार गरेर घाइते बनाएको थियो । सम्बन्ध राम्रो हुन नसकेपछि दुवैबीच गएको असारमा सम्बन्ध विच्छेद भएको थियो । सम्बन्ध विच्छेदपछि अमृता लौकाहास्थित माइतीमै बस्दै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्