Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो



Spread the love

२८ कार्तिक, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घटेको छ । हिजो ५५० जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज ५२१ जनाको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ४३ हजार भन्दा धेरै संक्रमित थपिदा ५२१ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा ८७ लाख २७ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये ८१ लाख १३ हजार भन्दा बढी निको भइसकेका छन् भने १ लाख २८ हजार ६ सय ८६ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत दोश्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्