Logo

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो, संक्रमितको संख्यामा नयाँ रेकर्ड



Spread the love

२८ कार्तिक, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता ११ सय १७ जनाको मृत्यु भएको छ भने हिजो १२ तारिखमा १४ सय ८० जनाको मुत्यु भएको थियो । हिजोको तुलनमा आज मृत्यु हुनेको संख्या घटेकाे छ । अमेरिका विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हुने देश हो । १ लाख ५७ हजार नयाँ संक्रमित थपिएका छन् ।

२१५ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमेरिकामा मात्र २ लाख ४८ हजार ५ सय १५ जनाको मृत्यु भएको छ भने १ करोड ८ लाख भन्दा बढी संक्रमित भएका छन् । ६७ लाख ११ हजार भन्दा बढी उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा अमेरिकामा अहिलेसम्म कै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्